२०८१ बैशाख २३, आईतवार
Advertisement

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।

अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निणर्य गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

Advertisement

‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो, बोल माया । संयोगवश अहिले अरब (दुबई)मा छु र यहींबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु,’ फेसबुकमा प्रकाशले लेखेका छन् ।

प्रकाश अगाडि लेख्छन्, ‘जातीय जरा यति जगडिएको छ कि बलात्कारजस्तो संवेदनशील विषयलाई पनि जातीय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ । बलात्कृत हुनु र जातीय अपमान भोग्नु यी दुवै अत्यन्तै गम्भीर र असह्य कुरा हुन् तर जातीय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिंदैन । कस्तो विरोधाभाष निर्माण भइरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ ।’

प्रकाशले बोल माया-२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

ताजा अपडेट

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

ट्रेन्डिङ

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

विश्व वातावरण दिवस मनाउँदै

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

अब्बल बन्दै सामुदायिक विद्यालय

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाइल

सर्च