२०८१ बैशाख २४, सोमबार
Advertisement

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ’ आर्थिक विधेयक २०८० मा भनिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

Advertisement

त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्क लगाएको छ । ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ, आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

ताजा अपडेट

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

ट्रेन्डिङ

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विश्व वातावरण दिवस मनाउँदै

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

अब्बल बन्दै सामुदायिक विद्यालय

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाइल

सर्च