२०८१ बैशाख २३, आईतवार
Advertisement

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

Advertisement

महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् । सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।
सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्यटिपार्लर एण्ड एकेडेमी प्रा लिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय वनाएर संचालन गरेकी छन् भने पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् ।

उनि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् । सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनु पर्छ । महिलाहरु अव सधै माग्ने मात्रै होईन दिने हैषियतमा आफुलाई विकास गर्नु पर्छ ।” नेपाली वस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।

प्रतिकृया दिनुहोस
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

ताजा अपडेट

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

ट्रेन्डिङ

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

विश्व वातावरण दिवस मनाउँदै

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

अब्बल बन्दै सामुदायिक विद्यालय

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाइल

सर्च